Type Here to Get Search Results !

फतुवा बिजयपुर ११ मा हात्तीको आतंक सम्बन्धित निकाय मौन

 


रौतहटको फतुवा बिजयपुर नगरपालीका वाड नं ११ लगायत वरिपरिका अन्य गाउँ मा हात्तीले आतंक मच्चाएको छ। 

त्यस क्षेत्रमा विगत दुई महिना देखि आतंक मच्चाउँदै आएको हात्तीले फेरि पनि गए राति १२:३० बजेको समयमा वडा नं ११ को वुटवा टोल निवासी उदय चौधरी, मिलन मगर, हरिशण मैनाली लगायत दर्जनौ स्थानियहरुको घर मा क्षति पुर्याएको छ। 



लगातार हात्तीको आक्रमण भइरहेको त्यस ठाउँको जनजिवन प्रभावित बनेको र हात्तीको आक्रमण को डरले त्याँहा का जनता रातभरी सुत्न समेत नसक्ने अवस्था रहेको स्थानिय नेता बिजय चौधरीले बताएको छ ।

बितेको कार्तिक महिना मा बुटवा गाउँ निवासी पातली माया घिसिङ को हात्तीको आक्रमणले मृत्यू समेत भइसक्दा पनि संबंधित निकाय मौन रहेको स्थानीयहरूले दुखेसो पोखेका छन्।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today