Type Here to Get Search Results !

अयोध्याबाट जयन्ती मटिहानी आउँदै

 


महोत्तरी - महोत्तरी जिल्लाको मटिहानीमा यही मंसिर १७ गते सोमबार भारतको अयोध्याबाट राम जानकी विवाह (विवाह पञ्चमी) जनकपुरका लागि जयन्ती आउने भए पछि मटिहानीमा स्वागतका लागि तयारी तीव्र गतिमा भई रहेको छ ।

जयन्ती भारतबाट नेपालको प्रथम प्रवेश द्वार मटिहानीमा प्रवेश गर्ने कार्यक्रम रहेको छ ।मटिहानीमा एक रात विश्राम पछि जयन्ती जनकपुरका लागि प्रस्थान गर्ने छ ।जयन्तीका स्वागतका लागि ठाउँ ठाउँमा स्वागत द्वार, बास र भोजन लगायतका ब्यबस्थामा मटिहानी नगरपालिका, लक्ष्मी नारायण मठ र स्थानीय बासिन्दाहरु जुटेको कुरा मटिहानी नगरपालिकाका प्रमुख हरि प्रसाद मंडलले बताउनुभयो ।

जयन्ती मटिहानी आउने भए पछि लक्ष्मी नारायण मठ, लक्ष्मी सागर पोखरी र मटिहानी गाऊँलाई बेहुली झै सिंगार्ने काम भई रहेको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today