Type Here to Get Search Results !

विवाहपञ्चमी महोत्सवको तयारी अन्तिम चरणमा

 

जनकपुर - जनकपुरधाममा प्रत्येक वर्ष मनाइने सीताराम विवाहपञ्चमी महोत्सवको तयारी अन्तिम चरणमा छ । 

भारतको उत्तर प्रदेश स्थित श्री राम जन्मभुमि बाट जन्ती तामझाम र भब्यताका साथ निस्किसकेका छन् । यता विवाहपञ्चमी महोत्सवको तयारी पनि तीब्र रुपमा भइरहेको छ । 

अहिले मन्दिर परिसरमा रङ  लगाएर र चित्र बनाएर सजाउने काम भइरहेको छ । मिथिलाको संस्कृति,सीतारामको विवाह र विधी, रहनसहन, खानपान, र विविधता झल्किने चित्रहरु बनाइदै छ ।  

प्रत्येक पाँच वर्षमा भारतको अयोध्या बाट जन्ती आउने गरेकाले यस वर्षको विवाहपञ्चमी महोत्सव विशेष रहेको छ । मंसिर १६ गते देखि शुुरु हुने विवाहपञ्चमी महोत्सव एक साता सम्म चल्नेछ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today