Type Here to Get Search Results !

गौशला : बाढीमा बगेर मृत्यु भएका परिवारजनलाई दुई लाख क्षतिपूर्ति सहयोग प्रदान

 

महोत्तरी- असोज १२ गते शनिबार नदीमा आएको बाढीमा बगेर मृत्यु भएका गौशाला नगरपालिका– ८ कुशमाडीका १६ वर्षीय रोहित साहका परिवारलाई संघीय सरकारले दुई लाख क्षतिपूर्ति सहयोग प्रदान गरेको छ ।शुक्रबार प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने सहित मृतकको घरमा पुगेर बुबा नारायण साहलाई सो रकम हस्तान्तरण गरेका हुन् ।

प्राकृतिक विपतले ठूलो क्षति हुन गएकोमा मृतक प्रति श्रद्धाञ्जली दिंदै परिवारजनलाई धैर्यधारणका लागि उनीहरूले आग्रह गरे ।
घर नजिकैको सोनी खोलाले बगाउँदा मृतावस्थामा रोहितको शव मरहा खोलामा घरबाट दुई–तीन किलोमिटर टाढा फेला परेको थियो।

सोनी खोला कुशमाडीभन्दा केही अगाडि दक्षिणतर्फ मरहा खोलामा मिसिन्छ।रोहित पाँच भाइबहिनीमा एक्ला छोरा थिए । प्रमुख जिल्ला अधिकारीले सोही घटनामा सकुशल उद्धार गरिएकी बालिका ११ वर्षीया करिना महतोलाई पनि भेटेका छन् ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today