Type Here to Get Search Results !

खराब मौसमका कारण हवाई उडान प्रभावित, ‘ओभरसुट’ गरेको थाई एअरको जहाज आकाशमा घुमेको घुम्यै थाई एअरको जहाजले ओभरसुट गरेर (ल्यान्डिङ गर्न लाग्दा फेरि उडेको)आकाशमै होल्ड भइरहेको छ । विमानले मिस एप्रोच (सही बाटो चिन्न नसक्नु) भएपछि विमानले ओभरसुट गरेको हो ।

 

खराब मौसमका कारण हवाई उडान प्रभावित, ‘ओभरसुट’ गरेको थाई एअरको जहाज आकाशमा घुमेको घुम्यै

काठमाडौं । खराब मौसमका कारण हवाई उडान प्रभावित भएको छ । मौसम खराब हुँदा भिजिबिलिटी कम भएकोले झन्डै एक घन्टादेखि थाई एयरको जहाज आकाशमै होल्ड  छ ।

थाई एअरको जहाजले ओभरसुट गरेर (ल्यान्डिङ गर्न लाग्दा फेरि उडेको)आकाशमै होल्ड भइरहेको छ । विमानले मिस एप्रोच (सही बाटो चिन्न नसक्नु) भएपछि विमानले ओभरसुट गरेको हो । विमान धावनमार्गमा आइपुग्दा पनि ल्यान्ड हुन नसकेपछि यस्तो ओभरसुट गरिन्छ ।

थाई एयरवेजको फ्लाइट टीजीथ्रीवाननाइन बोइङ्ग ७७७ जुन बैंककबाट काठमाडौं आएको हो । त्रिभुवन विमानस्थल प्रमुख जगन्नाथ निरौलाले भने, ‘मौसमको कारण थाई एअरलगायत केही विमान बस्न सकेको छैन । आन्तरिक उडान झनै धेरै प्रभावित भएको छ ।

त्रिभुवन विमानस्थलबाट धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा र जनकपुरबाहेकका उडानहरू प्रभावित भएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर झरी पर्ने सम्भावना छ । शनिबारदेखि मात्रै मौसममा क्रमिक सुधार हुनेछ ।
Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today