Type Here to Get Search Results !

कर्मचारी कुटेको विरोधमा भंगहा नगरपालिकाको कामकाज दुई दिनदेखि ठप्प

 


कर्मचारीमाथि कार्यालयमै हातपात भएको विरोधमा महोत्तरी भंगहा नगरपालिकाको कामकाज मंगलबारदेखि ठप्प भएको छ ।

नगरपालिकामा कार्यरत अधिकृत छैठौं स्तरका कर्मचारी सूर्य नारायण ठाकुरमाथि कार्यकक्षमै सोमबार वडा नं. ९ का स्थायी बासिन्दा मुकेश कुमार यादवले हातपातसंगै अभद्र व्यवहार गरेको भन्दै आन्दोलित भएका हुन् ।घटनाको छानबिन र दोषीमाथि कारबाही नहुन्जेलसम्म भंगहा नगरपालिकाबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा कर्मचारीहरुले ठप्प गरेका छन् ।

आक्रमण गर्ने यादवमाथि कडा कारबाहीको माग गर्दै नगरपालिकामा काम गर्ने वातावरणको सुरक्षाको प्रत्याभूति गराउनुपर्ने कर्मचारीहरुको माग छ ।
घटनाले राष्ट्रसेवक कर्मचारीहरूको जिउज्यानको असुरक्षा र डरभय त्रासको वातावरणका कारण कार्यालयमा कामकाज गर्न असहज भएको उनीहरुले बताएका छन् ।

कर्मचारीहरुले सेवा ठप्प हुँदा सेवाग्राहीहरूलाई पर्नसक्ने असुविधाका लागि क्षमायाचना गर्दै, यसको सम्पूर्ण जिम्मेवारी मुकेश कुमार यादवले लिनुपर्ने चेतावनी दिएका छन् ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today