Type Here to Get Search Results !

पत्रकार निकेश खनाल माथि कुटपिट हुँदा घाइते, दोषि उपर कार्वाहीको माग

 

बर्दिवास- पत्रकार निकेश खनाल माथि आज कुटपिट हुँदा घाइते भएका छन्।
पीडित पत्रकार खनालले जनाए अनुसार आफू बर्दिवासका मेयर प्रहलाद कुमार क्षेत्रीको घरमा बसी रहेको बेला बर्दिवास १ बस्ने ५० वर्षीय रामकुमार रिसालले कुटपिट गरेको बताए । खनालको अनुसार आफू बसी रहेको बेला एक्कासी आएका रिसालले कुटपिट गरेको हो । कुटपिटबाट खनालको कान र आँखाका चोट लागेर घाइते भएका छन् । साथै चश्मा समेत फुटेको छ। उनको अहिले शुभ स्वस्तिक अस्पतालमा उपचार भईरहेको छ ।


घाइते पत्रकार खनालका परिवारले कार्वाहीको इलाका प्रहरी कार्यालय बर्दिवासमा निवेदन दर्ता गराएका छन् ।
कुटपिट गर्ने रिसालको अनुसार खनाल प्रबन्धक भई कार्यरत रहेको मिडियाका एक कर्मचारी संगको पुरानो लेनदेन सम्बन्धी विवाद हुँदा झगडा भएको स्वीकार गरेका छन् । उक्त कर्मचारीले रकम लिएर भागेको हुँदा खनालको मिडियाको कर्मचारी भएको नाताले उसले नै तिर्नु पर्ने भनेर विवाद भएर झगडा भएको रिसालको कथन छ।

कुटपिटको क्रममा पत्रकार खनालको फुटेको चश्मा


जुनसुकै किसिमको विवाद र घटना भएपनि सम्बन्धीत निकायबाट कानुनी उपचार खोज्नुको सट्टा कुटपिट मै उत्रिनु उचित नभएको हुँदा घटनाको छानबीन गरी दोषी उपर कार्वाहीको हुनु पर्ने माग नेपाल प्रेस युनियनका मधेस प्रदेश महासचिव अजयकुमार साहले गरेका छन् ।

कुटपिट गर्ने रामकुमार रिसाल

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today