Type Here to Get Search Results !

महोत्तरीमा चिठीमार्फत फिरौती रकम माग्ने दुईजना पक्राउ

 

महोत्तरी - जलेश्वर नगरपालिका ५ निवासी गफुर राईन भन्ने व्यक्तिलाई केहि दिनअघि धम्कीपुर्ण भाषा प्रयोग गरि पत्र लेखेर ९२ हजार रुपैयाँ माग गरेका दुईजना युवालाई प्रहरीले पक्राउ गरेको छ । 

रामगोपालपुर नगरपालिका ५ कन्चनपुर घर भई हाल जलेश्वर नगरपालिका १ मा डेरागरि बस्ने वर्ष २४ का  सुनिल कुमार राउत र सोहि ठाउ निवासी वर्ष १९ का करण मण्डललाई प्रहरीले जलेश्वरनाथ महादेव मन्दिर अगाडिबाट शनिबार बिहान पक्राउ गरेको हो । 

चिठीमार्फत फिरौती रकम माग गर्दै सोहि रकम महादेव मन्दिरको छेउमा रहेको फोहोर फ्याक्ने भाँडोमा राख्न भनेकोमा पीडितले प्रहरीलाई पुर्व जानकारी गराई प्लाष्टिकमा कागज पोको पारि सोहि फोहोर फाल्ने भाडोमा राखेका थिए ।

आरोपीहरु सोहि पोको निकाल्न खोज्दा लुकेर बसेको सुरक्षाकर्मीले उनीहरुलाई तत्काल नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय ल्याएको थियो । यस सन्दर्भमा जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी निरिक्षक धर्मराज मुड्भरीले अनुसन्धान भइरहेको बताए । 
 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today