Type Here to Get Search Results !

राजनीतिक सँगै नेता चौधरीले थाले कृषि कर्म..



रौतहटको फतुवा बिजयपुर नगरपालिका -११ निवासी जनता समाजवादी पार्टी नेपालका मधेश प्रदेश कमिटि सदस्य एवं समाजसेवि युवा नेता बिजय चौधरीले राजनितिक संग संगै कृषि ब्यवसायमा पनि  सक्रिय भएको  छ। 

अध्ययन र अनुभवको क्षेत्र फरक भए पनि कृषि कर्म मनमा शान्ति दिने अस्त्र भएको चौधरीले सुनाए । कृषि व्यव्सायीमा पहिला देखि नै माछापालन सुरू गरेका चौधरी फतुवा बिजयपुर-११ बुटवा टोल आफ्नै घर नजिक अवस्थित आफ्नै जमिनमा  'लक्ष्मि पशुपंक्षी तथा मत्स्य फर्म' को नाम बाट रङ्गा (पडा) पालन शुरु गरेको उनले बताए । उनको तीन वटा माछा पोखरी छन् भने चौधरीले तरकारी खेती पनि गर्ने गरेका छन्।



शरीर र दिमागलाई पनि कुनै फरक पेसा र व्यवसायको स्वाद लिने रहर लाग्ने रहेछ सायद । मलाई पनि त्यही रहरले डोर्‍यायो’,चौधरीले भनेका छन् ।

उनले भने, ‘म यो कृषिकर्म आफ्नो आय आर्जनको लागि मात्रै होइन, देशमा केही हुँदैन र केही छैन भनी निराश हुने आमयुवालाई कृषि पेसालाई सम्मान गर्दै आफ्नै गाउँ ठाउँमा आय आर्जन गर्ने यस्तो उपाय छन् भन्ने सन्देश प्रवाह गर्न चाहन्छु ।’

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today