Type Here to Get Search Results !

पूर्वराज्यमन्त्री राय हत्याको आरोपमा पक्राउ परेका दुईजना सार्वजनिक

 

जनकपुरधाम - साउन ७ गते राति पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्यामा संलग्न रहेको आरोपमा दुईजनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा रायकै घरमा काम गर्ने छन् ।

सर्लाहीको कविलासी नगरपालिकाका २५ वर्षीय राम उजैन राय र चन्द्रपुर गाउँपालिकाका ४६ वर्षीय वीरेन्द्र राय हुन् ।

उनीहरूले पूर्वराज्यमन्त्री रायको हत्यामा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

दुवैजना माथि कर्तव्यज्यान मुद्दामा सर्लाही जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको डीएसपी श्रेष्ठले बताए ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today