Type Here to Get Search Results !

रातभरको वर्षा पछि काठमाडौं उपत्यकामा डुबान

 


गएरातिको अविरल वर्षाले काठमाडौं उपत्यकाका तीन जिल्लामा विभिन्न नदी तथा खोलाहरूमा बाढी आएको छ । बागमती नदी, हनुमन्ते खोला, गोदावरी खोला, मनोहरा खोलामा आएको बाढीले नदी आसपासका सडक अवरुद्ध भएको छ भने किनारका बस्तीमा पानी पसेको छ ।

भक्तपुरको हनुमन्ते खोलामा आएको बाढीले जगाती, सल्लाघारी बाराहीस्थानका सयौं घर डुवानमा परेका छन् । खोला आसपासमा रहेका तीन वटा स्कूलका साथै दुई अस्पतालमा पनि डुबानमा परेको छ ।

हनुमन्ते खोलामा पजलसतह खतरा तहभन्दा माथि रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । हनुमन्ते खोला भक्तपुरको जगातीमा र कौशलटारमा जलसतह खतरा तह पार गरेको हो ।

त्यस्तै बागमती नदीको जलसतह ललितपुरको खोकनामा खतराको तह पार गरेको छ । त्यहाँ बागमती नदीको जलसतह ५ दशमलब ५९ मिटर पुगेको छ । त्यस्तै गौरीघाटमा सतर्कता तह पार गरेको बागमतीको जलसतह २ दशमलब ३४ मिटर छ । 

Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today