Type Here to Get Search Results !

पोखरामा स्कुल बस दुर्घटनामा एकको मृत्यु, चालकसहित २७ जना विद्यार्थी घाइते

 


विद्यार्थी लिन हिँडेको बस दृर्घटना हुँदा पोखरामा एक जनाको मृत्यु भएको छ भने बसमा सवार २७ जना विद्यार्थी र बसका चालक घाइते भएका छन् ।

पोखरा महानगरपालिका–२१ फुर्सेखोलानजिक बस दुर्घटना भएको हो । पोखरा २१ रामदीबाट बिरौटा फर्कने क्रममा फुर्सेखोला नजिकै एलपी देवकोटा मेमोरियल स्कुलको ग १ख ६२१९ नम्बरको बस दुर्घटना भएको हो ।

बसमा सवार सहयोगी एक जना महिलाको मृत्यु भएको छ भने अन्य २८ जना घाइते भएका छन् ।घाइतेमध्ये जिएमसी अस्पतालमा १४ जना, गण्डकी अस्पतालमा १२ जना र मणिपाल शिक्षण अस्पतालमामा तीन जनाको उपचार भइरहेको पोखरा महानगरपालिकाका प्रमुख धनराज आर्चायले जानकारी दिए ।

घुम्ती पार गर्ने क्रममा बस सडकदेखि करिब ६० मिटर तल खसेको थियो ।  बसको ब्रेक फेल भएको बताइएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।
                      

Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today