Type Here to Get Search Results !

उचित उपचार नहुँदा रेणुले एउटा हात गुमाउनु पर्ने बाध्यता

 

जनकपुरधाम- आर्थिक समस्याको कारण उचित उपचार नपाउँदा धनुषाको गणेशमान चारनाथ नगरपालिका-४, बिरेन्द्र बजारमा बस्दै आएकी २४ वर्षीया रेणु परियारको एउटा हात गुम्ने अवस्थामा आएको छ । खाना पकाउने क्रममा असार २८ गते बिहान आगलागी हुँदा रेणुको अनुहारको ७० प्रतिशत भाग र देब्रे हात गम्भीर रूपमा जलेको थियो। हाल उनका उपचार काठमाडौंको किर्तिपुर अस्पतालमा भइरहेको छ।
गत सोमबार सामाजिक अभियन्ता उज्वल विक्रम थापाको समन्वयमा रेणुलाई जनकपुर प्रादेशिक अस्पतालबाट थप उपचारका लागि किर्तिपुर पठाइएको थियो । थापाका अनुसार, समयमा राम्रो उपचार नपाउँदा जलेको देब्रे हात काट्नुपर्ने अवस्था आएको छ। थापाको समन्वयमै किर्तिपुर अस्पतालमा रेणेको निःशुल्क उपचार भइरहेको छ । चिकित्सकले देब्रे हातको रेणुको हत्केला काट्नु पर्ने अवस्था आएको सामाजिक अभियन्ता थापाले बताए ।

मोरङको संसारे पत्थरी नगरपालिका-४ की स्थायी बासिन्दा परियार, ५ वर्षदेखि बिरेन्द्र बजारमा पति जगत परियारसँग कोठा भाडामा बसेर लुगा सिलाई गर्दै जीविकोपार्जन गरिरहेकी थिइन्। उनका पाँच वर्षीया छोरी आरसु पनि छन्।

आगलागीपछि रेणुलाई जनकपुर प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । तर आर्थिक अभावका कारण समयमा उचित उपचार पाउन सकिनन् । अस्पतालले थप उपचारको लागि बाहिर लग्न सुझाव दिएपनि आर्थिक विपन्नताले उनको परिवारले सकेन । अलपत्र परेको अवस्थामा परेको पत्रकार शैलेन्द्र महतो क्रान्तिले थाहा पाएपछि सामाजिक अभियन्ता थापा र अन्य सहयोगीहरूसँग समन्वय गरी उनलाई किर्तिपुर अस्पताल पठाएका थिए ।
अस्पतालमा कुरुवा बसेका पति जगत र छोरी आरसुलाई खान बस्न तथा रेणुको लामो उपचारका लागि आर्थिक सहयोगको आवश्यकता छ। इच्छुक सहयोगीहरूले जगत बहादुर परियारको इसेवा नम्बर ९८२६३४९५१३ वा नेपाल एसबीआई बैंकमा उनको खाता नम्बर १८८१५२४१४३२०३२ मा सहयोग गर्न सक्नेछन्।

रेणु पहिलेदेखि नै छारे रोगबाट पीडित थिइन्। आर्थिक अभावका कारण छारे रोगको उचित उपचार नपाउँदा खाना पकाउने क्रममा अचानक रोगले च्यापेपछि आगलागीमा परेकी थिइन्।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today