Type Here to Get Search Results !

मधेश प्रदेशका पूर्वसांसद यादव पूर्वपक्षको लागि जेल चलान

 

सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा पक्राउ परेका मधेश प्रदेश पूर्वसांसद कौशाल यादवलाई पुर्पक्षका लागि थुनामा राख्न महोत्तरी जिल्ला अदालतले आदेश दिएको छ ।
जिल्ला अदालत महोत्तरीको ७ नं. इजलासका न्यायाधीश फनेशवरी घिमिरेले कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा र आगजनी मुद्दा ५ हजार धरौटी राख्ने निर्णय गरेको श्रेस्तेदार नुतन झाले बताइन् ।
मधेश आन्दोलनमा मारिएका सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा प्रदेश पूर्वसांसद यादवलाई शनिबार राति पक्राउ गरी प्रहरीले आइतबार जिल्ला अदालत महोत्तरीमा पेस गरेको थियो । महोत्तरीको पोखरभिन्डामा यादवले चलाइरहेको गाडी दुर्घटनामा परेको र दुर्घटनामा परेको गाडीसहित भाग्न खोज्दा प्रहरीले यादवलाई नियन्त्रणमा लिएका थिए । लामो समयदेखि यादव फरार थिए ।
२०७२ भदौ २५ गते सशस्त्र प्रहरी बल जिल्ला कमाण्ड पोस्ट सुरक्षा बेस क्याम्प जलेश्वर महोत्तरीमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकलाई मधेसी मोर्चाका कार्यकर्ताले नियन्त्रणमा लिई कुटपिट गर्दा मृत्यु भएको थियो ।

Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today