Type Here to Get Search Results !

निःशुल्क भेटेरिनरी शिविरमा फतुवा बिजयपुर नपाको लापरवाही,शिविरमा एउटा मात्र औषधी को प्रयोग


रौतहटको फतुवा बिजयपुर नपा द्वारा आयोजित निःशुल्क नगर स्तरीय भेटेरिनरी शिविरमा चरम लापरवाही देखिएको छ। 

आषाढ ११ गते देखि सञ्चालन भई २० गते सम्म ११ वटै वडा भरी सञ्चालन गर्नुपर्ने ९ दिने निःशुल्क भेटेरिनरी शिविर लापरवाही का कारण नगरपालिकाको वडा नं -५ सन्तपुर दाेस्तीयामा ३ दिन ढिलो गरी आज शुक्रबार १४ गते सञ्चालन भएको हो ।

फतुवा बिजयपुर नगरपालिकाका कार्यवाहक मेयर अम्बेया खातुनको पहलमा नगरपालिको एघार वटै वडामा ९ दिने नगरस्तरिय निःशुल्क भेटेरिनरी शिविर आज देखि सञ्चालन गरिएको हो ।

आम नगरबासी मा कुनै किसिमको सुचना बिना आफ्नो मनोमानी ढंगले शिविर सञ्चालन गरी धेरै जसो नागरिकलाई सेवा लिन बाट वञ्चित पारिएको छ।



निःशुल्क भेटेरिनरी पशु स्वास्थ्य शिविर सञ्चालन गर्दा बिभीन्न रोगको धेरै किसिमका औषधीहरु राखी गर्नुपर्ने हुन्छ तर यस शिविर मा एक मात्र जुकाको औषधि काँन्मेक्टिन प्रयोग गरी लाखौं रुपैया भ्रष्टाचार गर्न खोजिएको पाइएको छ।



यस बारे फतुवा बिजयपुर नगरपालिकाका पशु प्राविधिक प्रमुख दयाराम यादव संग सोधपुछ गर्दा यसमा आफूहरुको कुनै कमी कमजोरी नरहेको र कार्यवाहक मेयर खातुनले एक किसिमको औषधि उपलब्ध गराएर शिविर सञ्चालन गर्न निर्देशन दिएको उनले बताए।

यस बिषयमा कार्यवाहक मेयर खातुन संग सोध्न खोज्दा वहाकाे टेलिफोन वहाकाे श्रीमान शेख सेराजले उठाउदा खासै जानकारी आएन।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today