
महोत्तरी - गौशाला नगरपालिकाको सोमवार सम्पन्न १२ औ नगरसभामा आर्थिक बर्ष २०८१ /०८२ को लागि ९३ करोड १५ लाख ५७ हजार ५ सय को वजेट योजना सार्वजानिक गरिएको हो । नगरप्रमुख डा दिपेन्द्र महतोले वार्षिक योजना निती कार्यक्रम तथा वजेट सार्वजानिक गरेका हुन् । ६२ करोड ४५ लाख ८९ हजार संघिय अनुदान तथा ६ करोड १९ लाख ५१ हजार प्रदेश र ९ करोड ५० लाख १७ हजार ५ सय रुपैयाँ बराबरको आन्तरिक स्रोत मार्फत सो रकम बराबरको बजेट सार्वजानिक गरिएको हो । त्यस्तै वजेटमा आन्तरिक स्रोतमार्फतको १५ करोड रकम आल्याबाट समेटिएको नगरप्रमुख डा महतोले जानकारी दिएका छन् ।
गौशाला नगरपालिकाको वजेट योजना तथा तुर्जमा कार्यक्रमलाई प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै अर्थमन्त्री भरत साहले विगत सात बर्षको वजेट नितीलाई आफु अर्थमन्त्री भएपछि अन्त्य गरिएको जनाए। उनले भने, अन्य बर्षको तुलनामा यसपटकको वजेटमा फरकपन रहेको छ । समयको चापमा वनाएको वजेटमा केही त्रुटि भएतापनि यसमा पक्कै पनि नयाँपन रहेको छ । जुन प्रदेश सरकारका लागि विल्कुलै नयाँपन रहेको छ । एकल वहुमतको सरकार नभए कै कारण चाहेर पनि ५० लाखभन्दा कमको वजेट ल्याउनुपर्ने वाध्यता रहेको जनाएको छ ।

नगरको गतिविधीप्रति असन्तुष्ट : उपप्रमुख रेणु कुमारी कार्यक्रमकाबीच नगरउपप्रमुख रेणु कुमारीले विगतमा भएको नगरको गतिविधीप्रति असन्तुष्ट जनाएकी थिईन् । उनले दुईबर्षको अवधिमा आफुले सोचेअनुरुप कुनै पनि कार्य गर्दा समेत नगरको क्रियाकलापको कारण सम्भव हुन नसकेको गुनासो पोखेकी थिईन् । उनले भनिन्, आफ्नो मातहतको न्यायपालिकामा कानुनी परामर्शदाता नियुक्ति गर्न सकेको छैन् ।

जसले गर्दा नगरको न्यायिक गतिविधी प्रभावित भएको छ । त्यस्तै अनुगमन कार्य पनि नगरको असहयोगको कारण प्रभावित हुँदै्र आएको छ । हरेकको सहयोगमा सुशासन कायम राख्नेछौ : नगरप्रमुख डा. महतो गौशाला नगरपालिकाका प्रमुख डा दिपेन्द्र महतोले सवै सरोकारवाला निकायको सहयोग पाए पालिकाभरिमा निश्चित पनि सुशासन कायम राखेर छाडने प्रतिवद्धता जनाए । उनले कार्यक्रमलाई सम्बोधन गर्दै भने, 'व्यवसायिक रुपमा आफु चिकित्सक भएर मासिक रुपमा लाखौ रकम कमाउने क्षमता म सँग छ ।
त्यो अवसरलाई छाडेर मैले नगरवासीको सेवाका लागि नगरको वागडोर सम्हालेको छु । मलाई रतिभरि पनि लोभ लालच छैन् । यहाँहरुले सहयोग गरे म यहाँ सुशासन अनि जनसेवाको भावनालाई पहिलो प्राथमिकतामा राखि नियमित रुपमा कार्यसम्पादन गर्नेछु । भ्रष्टाचारको अन्त्य अनि कमिशनको न्युनिकरण गर्दै छिटो, छरितो अनि चुस्त सेवा दिलाउनका लागि म सधै तत्पर रहनेछु ।'
