Type Here to Get Search Results !

देवरले कोदालोले हिर्काउँदा भाउजूको मृत्यु

 


महोत्तरीमा घर बनाउने विषयमा विवाद हुँदा देवरले कोदालोले हिकाउँदा गम्भीर घाइते भएकी भाउजूको मृत्यु भएको छ।

जिल्लाको औरही नगरपालिका– ४ कबिलासानिवासी अन्दाजी ४५ वर्षीय रामरतन यादवले ५० वर्षीया भाउजू रितादेवी यादवको टाउकोमा कोदालोले हिर्काउँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सन्तुलालप्रसाद जयसवारले बताए।

कोदालोले हिर्काउँदा गम्भीर घाइते भएकी रितादेवी यादवलाई उपचारका लागि रामगोपालपुर नगरपालिका– ९ स्थित जानकी एकेडेमिक अस्पताल लगिएकोमा चिकित्सकले मृत्य घोषणा गरे। हाल शव सोही अस्पतालमा रहेको र पोस्टमार्टमका लागि जलेश्वर ल्याउने तयारी भैरहेको प्रहरी प्रवक्ता डिएसपी जयसवारले बताए। 

कोदालो प्रहार गर्ने देवरलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ। मृतक रितादेवीका श्रीमानको पहिले नै मृत्यु भैसकेको छ भने उनी दुई छोरासँगै बस्दै आएकी थिइन्।
 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today