Type Here to Get Search Results !

अपांगता भएका व्यक्तिहरू ३५ दिनदेखि फुटपाथमा धर्ना

 

दीपक भण्डारी रत्नपार्क शान्तिवाटिका पार्कको फुटपाथमा धर्ना बसेको सोमबार ३५ दिन भयो ।

उनी स्वास्थ्य अवस्था बिग्रिएर दुई/तीन पटक वीर अस्पतालमा भर्ना भइसकेका छन्। तथापि अपांगता भएका व्यक्तिहरूका निम्ति बोल्न छाडेका छैनन्।

उनलाई गल्दै गएको आफ्नो शरीरभन्दा अपांगता भएका व्यक्तिलाई समाजले गर्ने व्यवहार, स्वास्थ्य, शिक्षा, सद्भभावबाट बनाइएको दुरीले पिरोल्ने गरेको छ।

‘अपांगता भएका व्यक्तिका लागि सरकार लचिलो छैन,’ दीपकले भने, ‘आधारभूत आवश्यकताका लागिसमेत धर्ना बस्नुपरेको छ। अब मर्नु परेछ भने पनि मर्छु।’

उनले थपे, ‘अपांगता भएका व्यक्ति परिवार, समाजको अपहेलनामा मरिरहेकै हुन्छन्। सरकारले पनि मारोस्।’

उनी अपांगता भएका व्यक्तिहरूको जिन्दगीमा हुने पीडा देख्न र सहन नसकेर धर्ना बसेको बताउँछन्। दीपक आफै पनि अपांगता भएका व्यक्ती हुन्।

उनले लामो समयदेखि अपांगता भएका व्यक्तिको पक्षमा आवाज उठाउँदै आएका छन्। आफूले भोगेका समस्या अन्य व्यक्तिले भोग्नु नपरोस् भनेर कानूनले दिएको सेवा-सुविधा कार्यान्वयन गर्नुपर्ने माग राख्दै धर्ना बसेका छन्।

अपांगता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी ऐन २०७४ र नियमावली २०७७ को नियम ८ र ९ पूर्ण कार्यान्वयन हुनुपर्ने उनको माग छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today