Type Here to Get Search Results !

मधेस सरकार यस्तो बन्दैछ, मुख्यमन्त्रीको सपथ लगत्तै मन्त्रीहरुले पनि आजै सपथ लिने

 

मधेसमा भएका विभिन्न ११ मन्त्रालयमा सत्ता गठबन्धन ६ दलबीच भागबण्डा टुंगिएको छ ।

सत्ता साझेदार दलबीच जनमतले मुख्यमन्त्रीसहित दुई मन्त्रालय पाएको छ । जनमतले वन तथा वातावरण मन्त्रालय र एक विना विभागीय मन्त्रालय पाउने छ ।

सबै भन्दा धेरै ४ मन्त्रालय पाएको छ । एमालेको भागमा भौतिक, शिक्षा, स्वास्थ्य र खेलकुद तथा समाज कल्याण मन्त्रालय परेको छ । माओवादी केन्द्रलाई भने दुई मन्त्रालय अर्थ र पर्यटन पाएको छ ।

नेकपा एकीकृत समाजवादीले भने कृषि, ऊर्जा तथा सिँचाइ मन्त्रालय सम्हाल्ने भएको छ । यस्तै १–१ सिट भएको नेपाल संघीय समाजवादी पार्टीलाई गृह सञ्चार तथा कानुन र नागरिक उन्मुक्ति पार्टीलाई श्रम तथा यातायात मन्त्रालय दिने सहमति भएको बताइएको छ ।

राति अबेरसम्म बसेको साझेदार दलको बैठकले मन्त्रालय भागबन्डा टुङ्ग्याएपछि बिहान उनीहरुले नयाँ सरकार गठनका लागि दावी पेस गरेका हुन्। मुख्यमन्त्रीमा सिफारिश सतिशकुमार सिंहले मध्यान्ह १२ बजे सपथ लिने गरिको कार्यक्रम तय गरिएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

१०७ सदस्यीय प्रदेश सभामा ६ राजनीतिक दलका ५५ सांसदले सिंहलाई मुख्यमन्त्रीमा समर्थन गरेर दाबी गरेका छन्। मधेश प्रदेशसभामा सरकार बनाउन ५४ सदस्यको समर्थन आवश्यक पर्छ ।

दलहरुबीच मन्त्रालयको भागबण्डा टुंगो लागेसँगै सबै दलले बिहान १० बजे आ आफ्ना संसदीय दलको बैठक बोलाएका छन् । दलको बैठकले पार्टीबाट मन्त्री बन्नेको नाम सिफारिश गर्ने छ । मुख्यमन्त्रीको सपथ लगत्तै सवा १२ बजे मन्त्रीहरुको सपथ कार्यक्रम राखिएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today