Type Here to Get Search Results !

मधेसमा सरकार गठनका लागि ५५ सांसदको हस्ताक्षर सहित दावी पेश, जनमतका सिंहले आजै मुख्यमन्त्रीको सपथ लिने 0

 

६ दलीय गठबन्धनले मधेश प्रदेशको नयाँ मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख सुमित्रा भण्डारी समक्ष दावी पेश गरेका छन् ।

गठबन्धनले जनमत पार्टीका सतिश कुमार सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गर्न दावी पेश गरेका हुन् ।

दावी पेश गर्ने समयसिमा बिहान १० बजे सकिनु अगावै उनीहरुले ५५ जना सांसदको नामसहित सरकार गठनको दाबी पेश गरेका हुन् ।

शुक्रबार बिहान प्रदेश प्रमुखको कार्यालय पुगेर नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीले ५५ सांसदको हस्ताक्षरसहित जनमतका सिंहलाई मुख्यमन्त्री नियुक्त गर्न दावी पेश गरेका छन् ।

प्रदेश प्रमुख भण्डारीले आजै मुख्यमन्त्रीमा सिंहलाई नियुक्त गरी पद तथा गोपनीयताको शपथ ग्रहण गराउने तयारी गरेकी छन्।

मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुख सुमित्रा भण्डारीले आज बिहान १० बजेसम्‍मको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।

सरकारको नेतृत्व जनमतले गर्ने पहिल्यै सहमति भएपनि गठबन्धन भित्र मन्त्रालय भागबन्डामा सहमति जुट्न नसकेपछि अन्तिम समयमा उनीहरुले दाबी पेश गरेका हुन् ।

साझेदार दलहरुबीच एमाले भौतिक, शिक्षा, स्वास्थ्य र खेलकुद तथा समाज कल्याण, माओवादी केन्द्रलाई अर्थ र पर्यटन नेकपा एसलाई कृषि, उर्जा तथा सिंचाइ, १/१ सिट भएको नेपाल समाजवादी पार्टीलाई गृह सञ्चार तथा कानुन र नागरिक उनमुक्ति पार्टीलाई श्रम तथा यातायात मन्त्रालय दिने सहमति भएको बताइएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today