पूर्वपश्चिम राजमार्गअन्तर्गत रूपन्देहीको सैनामैनमा यात्रुबाहक बस दुर्घटना भएको छ ।
दाङबाट काठमाडौंका लागि छुटेको रा १ ख २७८३ नम्बरको बस मंगलबार राति सैनामैना नगरपालिका–१० सालझन्डी बजारस्थित पुलमा बिग्रेर राखेको लु १ ख ६८७ नम्बरको बालुवा बोकेको ट्रकमा ठोक्किएर दुर्घटना हुँदा ४३ जना घाइते भएका हुन् ।
दुर्घटनामा बस चालक र यात्रुसहित ४३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ । का सूचना अधिकारी डीएसपी मनोहर प्रसाद भट्टले बताए।
घाइतेको बुटवलको चौराहा हस्पिटल, एडमनसिटी हस्पिटल बुटवल र हिराचन्द्र हस्पिटल सालझण्डीमा उपचारका भइरहेको छ ।

