Type Here to Get Search Results !

दुई सातामा प्राकृतिक विपत्तिमा परी कोशीमा २४ जनाले ज्यान गुमाए

 


बर्खा लागेसँगै कोशी प्रदेशमा पछिल्लो दुई सातामा विपतमा परी २४ जनाले ज्यान गुमाएका छन्।

प्रदेश प्रहरी कार्यालय कोशीका अनुसार ३० जेठदेखि बुधबारसम्म बाढीपहिरो र चट्याङका कारण २४ जनाले ज्यान गुमाएका हुन्।

बाढीपहिरोमा परी १८ र चट्याङबाट ६ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। बाढीपहिरो र चट्याङका कारण झापामा पाँच, मोरङमा ६, सुनसरीमा दुई, ताप्लेजुङमा पाँच, संखुवासभामा चार, ओखलढुंगामा एक र इलाममा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

बाढीपहिरोका कारण १७ जना घाइते हुँदा दुईजना बेपत्ता भएका प्रहरीले जनाएको छ।

बाढीपहिरोमा परी कोशीमा दुई सय २५ घरपरिवार विस्थापित भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। झापामा २७, मोरङमा ६८, संखुवासभामा ५५ र ताप्लेजुङमा ७५ घरपरिवार विस्थापित भएका हुन्। उनीहरूलाई सुरक्षित स्थानमा राखिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today