Type Here to Get Search Results !

बालबालिका खोजतलास सेवा (१०४)को प्रभावकारिता अभिवृद्धि गर्नु आवश्यक छ: मन्त्री चौधरी

 


इटहरी२३ जेठ । महिलाबालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले हराएका बालबालिकाको खोजतलासबेवारिसे फेला परेका बालबालिकाको उद्धारसडक बालबालिका मुक्त राष्ट्र अभियानजोखिमपूर्ण श्रममा रहेका बालबालिकाको उद्धार र बेचबिखन तथा ओसारपसारमा परेका बालबालिकाको उद्धारसंरक्षण र व्यवस्थापनका लागि बालबालिका खोजतलास सेवा (१०४) को प्रभावकारिता अभिवृद्धि गर्नु आवश्यक रहेको बताउनुभएको छ ।

'बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनीभन्ने नाराका साथ मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय बाल अधिकार परिषद् नेपालको आयोजनामा इटहरीमा भएको कोशी प्रदेशस्तरीय बालबालिका खोजतलास सेवा (१०४) सञ्चालन तथा बाल संरक्षण घटना व्यवस्थापन सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो । 

नेपाल सरकारले राष्ट्रिय बालबालिका नीति २०८० स्वीकृत गरी कार्यान्वयन गरेको बताउँदै उहाँले सोह्रौँ योजना तथा बालबालिका राष्ट्रिय नीति २०८० ले बालबालिका खोजतलास सेवाको प्रदेशगत संयन्त्रलाई सातै प्रदेशमा विस्तार गर्ने लक्ष्य लिएको बताउनुभयो । 'संयुक्त राष्ट्र संघको बालबालिकाको बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी इच्क्षाधिन आलेख नेपालले अनुमोदन गरेको छ र यसको व्यवस्था कार्यान्वयन गर्नु राज्यको दायित्व हुन्छ', उहाँले भन्नुभयो, 'हराएका बालबालिकाको खोजतलासबेवारिसे फेला परेका बालबालिकाको उद्धारसडक बालबालिका मुक्त राष्ट्र अभियानजोखिमपूर्ण श्रममा रहेका बालबालिकाको उद्धार र बेचबिखन तथा ओसारपसारमा परेका बालबालिकाको उद्धारसंरक्षण र व्यवस्थापनका लागि बालबालिका खोजतलास सेवा (१०४) को प्रभावकारिता अभिवृद्धि गर्नु आवश्यक छ ।'


सडक बालबालिका मुक्त राष्ट्र अभियानलाई तीव्रताका साथ अघि बढाउन क्रियाशीलताका साथ कार्य भइरहेको भन्दै मन्त्री चौधरीले विगतमा हराएका बालबालिकाको फेला पर्ने दर ६०-७० प्रतिशत रहेकोमा विगत २ वर्षको तथ्याङ्कलाई हेर्दा यो दर ९०-९२ प्रतिशत पुगेको बताउनुभयो । यो दरलाई १०० प्रतिशत पुर्‍याउन आवश्यक रहेको भन्दै उहाँले हराएका बालबालिका नै बेचबिखनओसारपसारश्रम लगायतका जोखिममा रहने भएकाले हराएका बालबालिकाको तत्काल खोजीका लागि सबैको सक्रियता जनाउँदै संवेदनशील हुन आवश्यक रहेको बताउनुभयो ।

बालबालिका खोजतलास सेवा (१०४)बाल हेल्पलाइन सेवा (१०९८)सडक बालबालिका लगायतका विषयको प्रभावकारी व्यवस्थापनका लागि बाल संरक्षण सम्बन्धी एकीकृत कार्यविधि अन्तिम चरणमा रहेको उहाँले बताउनुभयो । 

भ्वाईस अफ चिल्ड्रेन र युनिसेफको सहकार्यमा आयोजना गरेको कार्यक्रममा प्रहरीहरूलाई बालबालिकाहरूको खोजतलास गर्न सजिलो हुने बताइएको छ । सो कार्यक्रममा इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी टेकबहादुर कार्की बर्जु गाउँपालिका अध्यक्ष जिवछ कुमार रायप्रहरीहरू भ्वाईस अफ चिल्ड्रेनका प्रतिनिधिहरू लगायतको सहभागी रहेको थियो ।


Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today