Type Here to Get Search Results !

अधिकांश पहाडी भेगमा आंशिक बदली,तराईमा भने उखरमाउलो गर्मी

 


स्थानीय वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण अधिकांस पहाडी भेगमा बदली भएको छ ।

आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा साधारणतया बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बाँकी भू–भागमा भने आंशिक बदली हुने छ । कोशी, मधेस र बागमती प्रदेशका केही स्थानहरूमा, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ । तराई क्षेत्रमा भने गर्मी यथावतर रहने छ । अधिकांस तराई क्षेत्रको तापक्रम ३८ देखि ४० डिग्रीको बीचमा रहेको छ ।

आज राती भने कोशी प्रदेशमा पूर्ण बदली, मधेश, बागमती र गण्डकी प्रदेश लगायत बाँकी पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली रहने छ ।

कोशी प्रदेशका केही स्थानहरूमा, गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र हावा हुरी सहित हल्का देखि मध्यम बर्षा तथा मधेश प्रदेश लगायत बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र हावा हुरी सहित हल्का वर्षाको सम्भावना छ ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव ८ डिग्री मापन गरिएको छ भने अधिकतम तापक्रम ३० दशमलव ६ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ । उपत्यकामा पछिल्लो २४ घण्टामा १५ दशमलव ८ मिलिमिटर वर्षा भएको छ ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today