Type Here to Get Search Results !

भिक्सको रुख काटेर हटाइँदै धनुषाधाम नगरपालिका

 



जनकपुरधाम ।  धनुषाधाम नगरपालिकाले नगर क्षेत्रभित्रबाट मसला (भिक्स) प्रजातिका रुख काटेर हटाउने भएको छ । तराईमा पानीको अभाव सिर्जना हुनुमा मसलाको रुख पनि एक कारण भएको ठहर गर्दै नगरपालिकाले यो प्रजातिको रुख नगर क्षेत्रबाट काटेर हटाउने भएको छ ।


धनुषाधाम नगरपालिकाका नगर प्रमुख बालेश्वर मण्डलले पानी र माटोका लागि उपयुक्त नभएकाले मसलाको रुख काटेर हटाउने निधो गरिएको बताए । उनले स्थानीयको जनगुनासोको आधारमा नगरपालिकाको हिउँदे अधिवेशनबाट मसलाको रुख ।विस्थापित गर्ने निर्णय पारित गरिएको जानकारी दिए।



मसला रुख काठका लागि उपयुक्त भए पनि जमिनबाट धेरै पानी सोस्ने भएकाले भूमिगत पानीको सतह गहिरिँदै गएर मरुभूमिको जोखिम बढेको र माटोको उर्वराशक्तिमा गम्भीर असर पुऱ्याएकाले यो प्रजातिको रुख यहाँबाट सखाप गर्ने निर्णय गरिएको उनको भनाइ छ । सोही निर्णयअनुसार आउँदो जेठ १५ गतेभित्र मसला रुख कटान गरी व्यवस्थापन गर्न गराउन नगरपालिकाको सबै वडा कार्यालयमा पत्राचार गरिएकोबताउँदै सार्वजनिक सूचनासमेतजारी गरिएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today