Type Here to Get Search Results !

भक्तपुरको प्लाई कार्पेट उद्योगमा आगलागी: झण्डै २ करोडकाे क्षति, २ जना घाइते


 भक्तपुरको एक उद्योगमा आगलागी हुँदा झण्डै २ करोडकाे क्षति भएकाे छ भने २ जना घाइते भएका छन्। चाँगुनारायण नगरपालिका वडा नम्बर २ दुवाकोटस्थित शनिबार राती १२ बजेतिर सन्तोषमान श्रेष्ठले सन्चालन गरेको ज्योति प्लाई कार्पेट कारखानामा आगलागी भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता राजन कार्कीले जानकारी दिए।

रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नं. ६ घर भई हाल भक्तपुरको दुवाकोट बस्ने  २३ वर्षीय बुद्धनारायण श्रेष्ठ सामान्य घाइते भएका छन्। यस्तै,भारत घर घई सोही उद्योगमा काम गर्ने २९ वर्षीय मनु उर्वा गम्भिर घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि राति साढे १ बजे नै कीर्तिपुर बर्न अस्पताल लगिएको प्रवक्ता राजन कार्कीले बताए।

आगो निभाउन भक्तपुर, काठमाडौं, ललितपुर र काभ्रेबाट ७ वटा दमकल तथा चार वटा पानी ट्यांकर प्रयोग गरिएको उनले बताए। नेपाल प्रहरीका ४७ जना र सशस्त्र प्रहरीको १३ जनाको टोली समेत खटिएकाे उनको भनाइ छ।

आगो लागेको स्थानबाट अहिले पनि धुवाँ आइरहेकाले दमकल र स्काभेटरको सहयोगमा आगो निभाउने काम जारी रहेको छ।

आगलागीबाट १ करोड ९० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। घटनास्थलमा प्रहरी वृत्त ठिमीबाट अनुसन्धान अधिकृतको टोली समेत खटिएको छ। हालसम्म आगो पूर्णरुपमा नियन्त्रणमा नआएको भक्तपुर प्रहरीले जनाएको छ। 

Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today