Type Here to Get Search Results !

शान्ति सुरक्षा तथा क्षतिपूर्तिको लागि उजुरी


 औरही नगरपालिका-२ का ३५ वर्षीय पत्रकार धर्वेन्द्र यादवमाथि ०८१ वैशाख २० गते भएकाे हातपात तथा ढुङ्गामुढका विरुद्ध साेही दिन पीडित पत्रकार यादवले जिल्ला प्रशासन कार्यालय महोत्तरी र जिल्ला प्रहरी कार्यालयमा शान्ति सुरक्षा तथा क्षतिपूर्तिको लागि उजुरी दिनु भएको छ।

मिटर व्याजी संघर्ष समितिको कार्यक्रमकाे फाेटाे तथा समाचार सङ्कलन गर्न वैशाख १९ गते औरही पुगेका शिरीष न्युज डटकम महोत्तरी जिल्ला ब्युरो प्रमुख तथा खबर दर्पण दैनिकका उपसम्पादक यादवकाे माेबाइल तथा क्यामेरा फुटाइदिनुकाे साथै मिटर व्याजी साहुकारहरुले ढुङ्गा समेत प्रहार गरेकाे भन्दै पीडित यादवले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा शान्ति सुरक्षा तथा क्षतिपूर्तिको लागि उजुरी दिनु भएको बताउनु भयाे ।

घटना बारे जानकारी पाए लगत्तै घटनास्थल पुगेका पत्रकार रञ्जन भण्डारीको समेत मोबाईल खोस्ने प्रयास साहुकारहरुले गरेकाे पत्रकार भण्डारीले बताउनु भयाे ।

प्रेस स्वतन्त्रता विरोधी कार्यको घोर निन्दा र भत्र्सना गर्दै उक्त घटनामा संलग्न आराेपितहरुकाे पहिचान गरी कानुनकाे दायरामा ल्याउन र पत्रकारको शान्ति सुरक्षामा गम्भीर बन्न स्थानीय प्रशासनसँग जोडदार माग रहेको पत्रकार भणडारीले बताउनु भयाे ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today