Type Here to Get Search Results !

भन्सार छलीको कपडा तथा किराना समान बरामद।

 





रौतहट, १८ वैशाख । भन्सार छली नेपाल भित्राइएको लाखौँ मूल्य बराबरको कपडा प्रहरी द्वारा बरामद भन्सार कार्यालय बुझाएको छ ।



जिल्ला प्रहरी कार्यालय रौतहटलाई प्राप्त गोप्य सूचनाको आधारमा  बौधीमाई नगरपालिका वडा नम्बर ७ स्थित एक घरमा लुकाएर राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय गौर र मातहतबाट खटी गएको प्रहरीको टोलीले कपडा बरामद गरेको हो ।


भन्सार छलेर नेपाल भित्रयाई बाहिर पठाउने तयारीमा राखिएको १३ लाख २६ हजार ४५ रुपैयाँ मूल्य बराबरको कपडा र किरानाको समानलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक एलिजा गिरीले जानकारी दिइन् ।बरामद कपडालाई आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today