Type Here to Get Search Results !

मटिहानीमा जारी मेयर कप फुटबल प्रतियोगिताको उपाधी जलेश्वर फुटबल क्लबलाई


 महोत्तरी जिल्लाको मटिहानी नगरपालिका स्थित मटिहानी रंगशालामा जारी प्रथम मेयर कप फुटबल प्रतियोगिताको फाइनल खेलमा जलेश्वर फुटबल क्लबले एभेरेष्ट एकेडमी फुटबल क्लब सर्लाहीलाई ४-१ गोलको अन्तरले पराजित गरी उक्त प्रतियोगिताको उपाधी हात पारेको छ। 


आज मटिहानी रंगशालामा जारी प्रथम मेयर कप फुटबल प्रतियोगिताको फाइनल खेल जलेश्वर फुटबल क्लब र एभेरेष्ट एकेडमी फुटबल क्लब सर्लाही बीच भएको थियो। 

जसमा खेलको निर्धारित समयमा कुनै टीमले गोल हान्न नसकदा खेल पेनाल्टीमा गएको थियो ।

त्यसपछि पेनाल्टीमा जलेश्वर फुटबल क्लबले ४ र एभेरेष्ट एकेडमी फुटबल क्लब सर्लाहीले १ गोल मात्र हान्न सकेका थिए ।  


प्रतियोगिताको विजेता टीमलाई रु. ५० हजार र उप-विजेता टीमलाई रु.२५ हजार सहित मेडम, कप र प्रमाण पत्र मटिहानी नगरपालिकाका नगर प्रमुख  हरि प्रसाद मंडल, महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी  शिवराम गेलाल, स.प्र.ब. नेपाल नं. ९ गण हे. क्वाटर महोत्तरीका स.प्र.उ.  विनोद केसी, सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने, राष्ट्रिय अनुसंधान जिल्ला कार्यालय महोत्तरीका प्रमुख श्री सुदिप अधिकारीले संयुक्त रुपमा प्रदान गर्नुभयो ।


उक्त प्रतियोगितामा तपसिलका खेलाड़ीहरु उत्कृष्ट भएका छन ।

१) उत्कृष्ट खेलाड़ी :- संजीव कार्की - जलेश्वर फुटबल क्लब

२) उत्कृष्ट गोलकीपर:- जयराम चौधरी-  जलेश्वर फुटबल क्लब

३) उत्कृष्ट मिडफील्डर:- सुमन योन्जन - एभेरेष्ट एकेडमी फुटबल क्लब सर्लाही

४) उत्कृष्ट फॉरवार्ड :- समीर राई - एभेरेष्ट एकेडमी फुटबल क्लब सर्लाही











Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today