Type Here to Get Search Results !

पत्रकार विनय कुमार यादवको सडक दुर्घटनामा निधन

  धनुषाको त्रिनेत्र न्यूज नेटवर्कद्धारा सँचालित ई–न्यूज ब्यूरो डट कमका कार्यकारी सम्पादक पत्रकार विनय कुमार यादवको सडक दुर्घटनामा परेर निधन भएको छ ।

गएराती करिब १ बजेको समयमा जनकपुर–ढल्केवर सडकखण्डमा उनले आफैँ चलाएको मोटरसाईकल दुर्घटनामा परि निधन भएको हो ।

ढल्केवरबाट धारापानीतर्फ जाँदै गरेको अवस्थामा उनको दुर्घटना भएको बताईएको छ। मोटरसाईकलको पछाडी सवार एक जनाको अवस्था गम्भिर रहेको छ ।

उनको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भईरहेको प्रहरीले जनाएको छ । गत बर्ष मात्र विवाह गरेका पत्रकार यादव गत बैशाख ४ गते मात्र जन्मदिन मनाएका थिए ।

गएराती ढल्केवरबाट साथीसँगलाई भेटेर घरतर्फ फर्किदैँ गर्दा मोटरसाईकल अनियन्त्रित भएर पोलमा ठोक्किन जाँदा मृत्यू भएको प्रहरीले जनाएको छ । दुई भाई रहेका यादवको जेठो दाजु केही महिना अगाडी मात्र वैदेशिक रोजगारमा गएका थिए । उनको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।

दुर्घटना परेर ज्यान गुमाएका पत्रकार यादवको निधनले मधेशको पत्रकारिता क्षेत्रमा अपुरणीया क्षति भएको भन्दै विभिन्न संचार माध्यमले सोक व्यक्त गरेका छन । यसैक्रममा सिरिष संचार समुहले उन्को निधनप्रति दुख व्यक्त गर्दै पत्रकारिता क्षेत्रको विकासमा यादवको योगदान अविष्मरनिय भएको वताएको छ ।

संचार समुहका अध्यक्ष अजय साहले पेशाप्रतिको इमान्दारितालाई सधै ख्याल गर्ने र मेहनती पत्रकारकोरुपमा आफ्नो छवि वनाएको स्मरण गर्दै यादवको योगदानले सिक्न प्रेरित गरिरहने वताए ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today