Type Here to Get Search Results !

कपिलवस्तुमा भारतीय नागरिकको अपहरणपछि हत्या, तीन जना पक्राउ

 



कपिलवस्तु । कपिलवस्तुमा एक भारतीय नागरिकलाई अपहरणपछि कुटपिट गरेर हत्या गरिएको छ ।जिल्लाको मायादेवी गाउँपालिकामा भारतको सिद्धार्थनगरका ४१ वर्षीय जमाल अहमदको हत्या भएको हो।

युपी ५५ एएच २०५७ नम्बरको मोटरसाइकल चढेर बिहीबार दिउँसो ४ बजेतिर नेपाल आइरहेका बेला बिजुवा पुलमा रोकेर जमाललाई ट्याम्पुमा राखेर अपहरण गरिएको थियो ।उनलाई अभिराभ गाउँ नजिक रहेको इसलाहुल मुस्लिम मदरसाको कोठामा बाँधेर कुटपिट गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।घटनामा संलग्न भएको आशंकामा तीन जना नेपाली नागरिक पक्राउ परेका छन् । हत्या गरिएको शव बिहीबार राति १२ बजे फेला परेको थियो ।

Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today