Type Here to Get Search Results !

आगलागि बाट प्रभावित पीड़ितलाई सशस्त्र प्रहरी परिवार महिला संघको सहयोग

  मटिहानी नगरपालिका वडा नम्बर ६ जरलहवा गाछीमा आगलागि बाट क्षतिग्रस्त क्षेत्रका पीडितहरूलाई आज सशस्त्र प्रहरी परिवार महिला संघले राहत वितरण गरेको छ।

उक्त राहत वितरण कार्यक्रमको शुभारम्भ सशस्त्र प्रहरी परिवार महिला संघका केन्द्रिय अध्यक्ष अनिता लामिछाने, प्रतिनिधि सभा सदस्य माननीय सांसद चन्दा चौधरी, मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डल, महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, मधेश प्रदेशका सशस्त्र प्रहरी नायाब महानिरीक्षक दिपेन्द्र साह, प्रदेश सशस्त्र प्रहरी परिवार महिला संघका अध्यक्ष प्रबदा सिंह शाहले संयुक्त रुपमा गरे।

उक्त राहत वितरणमा सिरानी-१, कम्बल-१, पानी बोटल-१, तौलिया-१, माक्स-१ प्याकेट, स्टीलको थाल-१०, कचौरा-२, ग्लास-२, चमचा-२, सरसफाई किट महिला पुरूषको लागि १/१ थान का दरले जम्मा १०३ घरपरिवारलाई बितरण गरिएको कुरा श्रोतले जनाएको छ ।

त्यसै गरी पालिकालाई क्षतिग्रस्त क्षेत्रमा शौचालय ब्यबस्थापनको लागि टॉयलेट प्यान, पाईप र एल्बो १०/१० थान मटिहानी नगरपालिकाका नगर प्रमुख मंडललाई हस्तान्तरण समेत गरिएको छ ।

त्यसै क्रममा आज आगलागिबाट क्षतिग्रस्त क्षेत्रका पीड़ितहरुको लागि सामुहिक भोजको आयोजन सशस्त्र प्रहरी परिवार महिला संघद्वारा समेत गरिएको थियो ।

   

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today