Type Here to Get Search Results !

बार्सिलोना ४ वर्ष पछि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एजेन्सी – स्पेनिस क्लब बार्सिलोना ४ वर्ष पछि युरोपेली च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

इटालियन टोली नापोलीलाई‌ मंगलबार दोस्रो लेगमा ३-१ हराएपछि समग्रमा ४-२ को औसतमा जित निकाल्दै बार्सिलोना अन्तिम ८ मा पुगेको हो।

नापोलीको घरेलु मैदानमा भएको पहिलो लेग १-१ को बराबरीमा सकिएको थियो । घरेलु मैदानमा भएको दोस्रो लेगमा बार्सिलोनाले राम्रो सुरुवात गर्यो ।

१५औं मिनेटमा राफिन्हाको क्रसमा फर्मिन लोपेजले बक्स भित्रबाट गोल गर्दै खेलमा बार्सिलोनाका लागि अग्रता दिलाएका थिए । त्यसको २ मिनेट लगत्तै राफिन्हाको प्रहार पोस्टमा लागेर फर्किएपछि जोआओ क्यान्सेलोले रिबाउन्डमा गोल गर्दै अग्रता दोब्बर गराए ।

३०औं मिनेटमा नापोलीले गोल फर्कायो । मटेयो पोलिटानोको पासमा डिफेन्डर अमिर रहमानीले गोल गर्दै नापोलीका खेलमा फर्काएका हुन् । तर ८४औं मिनेटमा सर्जी रोबर्टोको पासमा स्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनाको जित निश्चित गरे ।

सन् २०२० मा बायर्न म्युनिखसँग ८-२ ले र २०२१ मा पिएसजीसँग पराजित हुँदै अन्तिम १६ बाट बाहिरिएको बार्सिलोना २०२२ र २०२३ मा समूह चरणबाट युरोपा लिगमा घटुवा भएको थियो । च्याम्पियन्स लिगको क्वाटफाइनल ड्र शुक्रबार हुनेछ ।

The post बार्सिलोना ४ वर्ष पछि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा first appeared on हाम्रो खेलकुद.



from हाम्रो खेलकुद https://ift.tt/IomNtsy

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today