एजेन्सी – ह्यारी केनले २ गोल गरेपछि बायर्न म्युनिख लाजियोलाई हराउँदै च्याम्पियन्स लिगको क्वाटरफाइनल पुगेको छ।
बार्यनले मंगलबार दोस्रो लेगमा लाजियोलाई ३-० ले हराएको थियो। समग्रमा ३-१ को अग्रता सहित बायर्न अन्तिम ८ मा पुगेको छ।
पहिलो लेगमा लाजियो १- ले विजय भएको थियो। ३८ औं मिनेटमा केनले हेडर गोल गर्दै खेलमा अग्रता दिलाएका थिए।
पहिलो हाफको इन्ज्युरी समयमा थोमस मुलरले हेडर गोल गर्दै अग्रता दोब्बर पारेका थिए। ६६ औं मिनेटमा केनले अर्को गोल गरेपछि टोलीको क्वाटरफाइनल यात्रा सहज बनेको थियो।
The post बायर्न च्याम्पियन्स लिगको क्वाटरफाइनलमा first appeared on हाम्रो खेलकुद.
from हाम्रो खेलकुद https://ift.tt/S8l1phO
