Type Here to Get Search Results !

चिनियाँ व्यवसायीद्वारा एक लाख किलो चिया अर्डर

 unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – चिनियाँ चिया व्यवसायीले इलामका विभिन्न चिया उद्योगमा एक लाख किलोभन्दा धेरै चिया अर्डर गरेका छन् । केही दिनअघि अनुगमन तथा भ्रमणका लागि आएका चिनियाँ व्यवसायीले चिया बगान र उद्योगको भ्रमणपछि चिया अर्डर गरेका हुन् । इलाम नगरपालिका र इलाम उद्योग वाणिज्य सङ्घसँगको पहलमा चिनियाँ चिया व्यवसायी नेपाल आएका थिए ।

चिनियाँ व्यवसायी र यहाँका चिया व्यवसायी तथा किसानबीच चिया खरिद, चीनमा चिया निर्यातको सम्भावनालगायतका विषयमा छलफल भएको चिया व्यवसायी चिरन दाहालले बताउनुभयो । चिनियाँ व्यवसायीले देउमाई र इलाम नगरपालिकाका विभिन्न चिया उद्योग र चिया किसानसँग भेटघाट गरेका थिए ।

चियाको पहिलो टिपाइ शुरु हुनै लाग्दा चीनबाट आएको व्यवसायीको टोलीले अवलोकनपछि चिया अर्डर गरेपछि नयाँ उत्साह प्राप्त भएको उद्योग वाणिज्य सङ्घ इलामका अध्यक्ष चेतनाथ पौडेल कृष्णले बताउनुभयो ।

नेपालमा उत्पादन भएको चिया ८० प्रतिशत भारतमा निर्यात हुने गरेकोमा अब चीनमा पनि निर्यात हुने आश पलाएको छ ।    

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today