Type Here to Get Search Results !

फागु खेल्ने क्रममा भएको विवादले उग्र रुप लिँदा ललितपुरमा २ युवाको हत्या


 ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको छ । फागु खेल्ने क्रममा विवाद भएको निहुँमा दुई समूहबीच झडप भएको थियो । सोही झडपमा परि दुई युवाको मृत्यु भएको हो ।

झडपका क्रममा २८ वर्षिय रेवाज राई र ३० वर्षिय पूजन राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुवैको मृत्यु धारिलो हतियार प्रहारबाट भएको अस्पतालले जनाएको छ । छुरा प्रहारबाट घाइते भएका उनीहरुलाई नजिकैको सुमेरु अस्पताल लगिएको थियो ।
मृतक युवाको छात्ती र तिघ्रामा छुरा प्रहार गरेको गहिरो घाउ छ। रेवाजको पाटन अस्पताल र पूजनको सुमेरु अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै जना सुनसरी धरानका स्थायीबासिन्दा भएको प्रहरीले जनाएको छ ।
दिउँसो भएको विवादलाई लिएर राति १० बजे दुई समूहबीच झगडा भएको थियो । घटनामा संलग्न भएको आरोपमा प्रहरीले १८ जनालाई नियन्त्रणमा लिएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today