Type Here to Get Search Results !

आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा

एजेन्सी – शनिबार साँझ जित निकाल्दै आर्सनल इंग्लिश प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । ब्रेन्टफर्ड माथि २-१ को जित निकाल्दै आर्सनल शीर्ष स्थानमा उक्लिने सफल भएको हो ।

आर्सनलको जितमा डेकलन राइस र काई हाभेर्ट्जले एक-एक गोल गरे ।

खेलको १९औं मिनेटमा बेन व्हाइटको क्रसमा हेडर मार्फत गोल गर्दै राइसले खेलमा आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए ।

पहिलो हाफको अन्त्यतिर आर्सनल गोलरक्षक एरन राम्सडेलले क्लियर गर्न खोजेको बल योआन विस्सालाई लागेर पोस्टमा पुगेको थियो ।

तर खेलको ८६औं मिनेटमा व्हाइटकै पासमा हाभेर्ट्जले फ्रि-हेडर प्रहार गर्दै खेलमा आर्सनललाई जित दिलाए ।

शीर्ष स्थानमा उक्लिएको आर्सनलको २८ खेलमा ६४ अंक भएको छ । दोस्रो र तेस्रो स्थानमा रहेको लिभरपुल र म्यानचेस्टर सिटीको समान २७ खेलमा क्रमसः ६३ र ६२ अंक रहेको छ ।

प्रिमियर लिगमा आईतवार लिभरपुल र म्यानचेस्टर सिटी भिड्ने छन् ।

The post आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा first appeared on हाम्रो खेलकुद.



from हाम्रो खेलकुद https://ift.tt/V0josE1

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today