Type Here to Get Search Results !

लागुऔषधसहित चितवनबाट एक जना पक्राउ

 


चितवनको कालिका नगरपालिकाबाट लागुऔषधसहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । कालिका नगरपालिका वडा नम्बर ७ आदर्श टोल बस्ने ३० वर्षका मिलन तमाङलाई सोही वडामा बुधबार राति नौ बजे शंकास्पद रुपमा हिंडिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रवक्ता श्रीराम भण्डारीका अनुसार तामाङको साथबाट डाईजेपाम १९७ एम्पुल,  बुप्रिनोर्फिन २१० एम्पुल, फेनार्गन १८६ एम्पुल गरि जम्मा ५९३ एम्पुल वरामद गरिएको छ । लागुऔषध सहित नियन्त्रणमा लिई प्रहरीले उनको थप अनुसन्धान गरिरहेको छ। 

Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today