Type Here to Get Search Results !

सत्य तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न मेयर क्षेत्रीको अनुरोध

 

महोत्तरी- बर्दिबास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीले सत्य तथ्यमा आधारित समाचार सम्प्रेषण गर्नको लागि संचारसंस्था र संचारकर्मी संग अनुरोध गरेका छन्।
मंगलबार केहि मिडियाको एक समाचारमा बर्दिवास नगरपालिका सहित आफ्नो नाम समेत जोडेर प्रकाशित समाचार बिलकुलै गलत र भ्रामक रहेको मेयर क्षेत्रीले बताएका छन् ।
उनले त्यस्तो तथ्यहिन र भ्रम सृजना हुने खालको समाचार प्रकाशित नगर्न आग्रह गर्दै समाचारमा प्रकाशित भएको व्यहोरा शतप्रतिशत गलत र तथ्यहिन रहेको प्रतिक्रिया दिएका छन् ।
उनले सामाजिक संजाल मार्फत पनि पत्रकारिताको धर्म र आचारसंहिताको पालना गर्दै अरूको दबाब र प्रभावमा नपरी सत्यतथ्यमा आधारित समाचार प्रकाशित गर्न संचारसंस्था र संचारकर्मीहरुलाई आग्रह गरेका छन् ।
उनले माओवादीको सैद्धान्तिक नेता बताउने अनिल बस्नेत र माओबादी केन्द्र मधेश प्रदेश संसद भरत शाह युरोप भ्रमण गएको बिषयलाई लिएर प्रकाशित उक्त समाचारमा ध्यानाकर्षण भएको भन्दै उनिहरुको भ्रमणको सम्पूर्ण खर्च बर्दिवास नगरपालिकाले ब्यहोरेको भनाई प्रती टिप्पणी गर्दै नगरपालिकाले सम्पूर्ण खर्च ब्यहोरेको भए नगरपालिकाको कुन शिर्षक कति रुपैया बस्नेत र साहको बैक खातामा पठाईएको हो सुचनाको हक प्रयोग गरेर सुचना नै माग्न सकिने कानुनी व्यवस्था रहेको हुँदा खोजीनिति गर्न समेत जानकारी गराएका छन् ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today