Type Here to Get Search Results !

कोदालोले हिर्काएर श्रीमतीको हत्या

 


कोदालोले हिर्काएर बैतडीमा एक जनाले श्रीमतीको हत्या गरेका छन्। डिलासैनी गाउँपालिका–७ धामीगाउँका ६२ वर्षीय कृष्ण धामीले कोदालोले हिर्काएर ५६ वर्षीया श्रीमती पार्वती धामीको हत्या गरेका हुन्।

यस्तै उनले घरमा डेरा गरेर बसेका गाउँपालिकाका कर्मचारी सुबास कलौनी र कार्यालय सहयोगी देव राज भट्टलाई पनि कोदालोले हिर्काएर गम्भीर घाइते बनाएका छन्।

बिहीबार बिहान ९ बजे कृष्णले कोदालो प्रहार गर्दा गम्भीर घाइते भएकी श्रीमतिकाे उपचारको लागि लैजाँदा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै गम्भीर घाइते भट्ट र कलौनीलाई थप उपचारका लागि अन्यत्र लैजान सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मगाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका डिएसपी दीपक गिरीले जानकारी दिए।

कोदालो प्रहार गर्ने धामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको कारण खुलेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।


Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today