Type Here to Get Search Results !

महोत्तरीबाट एसइइ परीक्षामा चार निरीक्षक र एक विद्यार्थी कारवाही मा ,४१ थान मोबाइल जफत

रञ्जन भण्डारी
महोत्तरी,१६ चैत्र । 



 जारी एसइई परीक्षामा महोत्तरीका विभिन्न परीक्षा केन्द्रहरूमा गरिएको अनुगमनको क्रममा परीक्षार्थीसहित निरीक्षकसमेत कारबाहीमा परेका छन्।

मावि खखना परीक्षा केन्द्रमा अमर्यादित क्रियाकलाप गरेको भन्दै एक विद्यार्थीको नेपाली विषयको परीक्षा रद्द गरिएको छ। सोही केन्द्रबाट एक निरीक्षक निष्कासनमा परेका छन्।

ad

थप परीक्षा केन्द्रहरूबाट तीनजना निरीक्षकलाई अर्को परीक्षामा बस्न नपाउने गरी हटाइएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए। मर्यादित परीक्षा आवश्यक रहेको भन्दै उनले अमर्यादित क्रियाकलाप गर्ने परीक्षार्थी वा निरीक्षक जो भए पनि कारबाहीको दायरामा ल्याउन पछि नहट्ने बताए। 

प्रजिअ गेलालका अनुसार पहिलो दिनको परीक्षामा सात थान र दोस्रो दिनको परीक्षामा ३४ थान गरी परीक्षार्थीहरूबाट हालसम्म कुल ४१ थान मोबाइल जफत गरिएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today