Type Here to Get Search Results !

सिन्धुलीकी युवतीको शव पशुपतिको जंगलमा भेटियो

 


काठमाडौँको पशुपति क्षेत्रको जंगलमा एक युवतीको शव भेटिएको छ।

पशुपति क्षेत्रको गोरखनाथ मन्दिर नजिकैको जंगलमा सिन्धुलीको कमलामाई नगरपालिका- १ घर भई हाल कपनमा बस्दै आएकी १९ वर्षीया सुस्मिता थापाको शव भेटिएको प्रहरीले जनाएको छ।

‘उनको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो,’ डीएसपी थेवेले भने, ‘आफन्त (दाजु)आएर शवको सनाखत गरिसकेका छन्। शव पोष्टमार्टमको लागि भर्खरै टिचिङ अस्पताल लगिएको छ।’

शुक्रबार बिहान मर्निङवाकमा गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थेवेले बताए।

‘प्रारम्भिक अनुसन्धानबाट उनले आत्महत्या गरेको जस्तो देखिन्छ। हामी थप अनुसन्धानकै क्रममा छौँ,’ थेवेले भने।

उनी दुई दिनअघिदेखि घरबाट हराएकी थिइन्। उनले दाजुलाई भक्तपुरमा रहेका आफन्तकोमा जान्छु भनेर हिँडेको पाइएको प्रहरीले जनाएको छ।

Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today