Type Here to Get Search Results !

रौतहटमा सञ्चालकलाई गोली हानेर मनी ट्रान्सफर लुटियो, ३ भारतीय पक्राउ

 

महोत्तरी - रौतहटको परोहामा रहेको एक मनी ट्रान्फसरमा लुटपाट भएको छ । परोहा नगरपालिका -९ खापचोकस्थित शिव मनी ट्रान्फसरमा लुटपाट भएको हो ।

शुक्रबार दिउँसो हतियारसहित मोटरसाइकलमा आएको तीन जनाको लुटेरा समूहले मनी ट्रान्फसरका कर्मचारीलाई धम्क्याउँदै लुटपाट गरेका हुन् ।साथै, लुटेराहरुले सञ्चालक २६ वर्षीय नितेश साहमाथि गोली प्रहार गरेका  छन् । घाइते साहलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ ।

प्रहरीले लुटेराहरुलाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा भारतीय नागरिकहरु मनिषकुमार यादव, राजाकुमार पासवान र चन्द्रभान सिंह छन्। उनीहरूमाथि थप अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today