काठमाडौं (हाम्रो खेलकुद)- नेपाली ५ खेलाडीले थाइल्यान्डको बैंककमा हुने १९औं विश्व मुवाँथाई च्याम्पियनसिपमा भाग लिने भएका छन्। टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको छ।
मार्च १२ देखि २० सम्म हुने प्रतियोगिताको पुरुष ५४ केजीमा गुणराज रुचाल, ५१ केजीमा सुशिल शाह ठकुरी र सञ्जय राई (प्रो) र ५७ केजीमा गुमान घर्ती मगरले प्रतिस्पर्धा गर्नेछन् । महिला ५१ केजीमा पारिका बतासले खेल्नेछिन् । गुणराज र सुशिल यसअघि नै थाइल्यान्ड पुगिसकेका छन् ।
नेपाल राष्ट्रिय मुवाँथाइ संघका अध्यक्ष गणेशलाल कक्षपति, सचिव उत्तम गुरुङ र सुदूरपश्चिम मुवाँथाई संघका उपाध्यक्ष किशोर जोशीले टोलीको बिदाइ गरेका थिए ।
The post मुवाँथाई टोली थाइल्यान्ड प्रस्थान first appeared on हाम्रो खेलकुद.
from हाम्रो खेलकुद https://ift.tt/ZfUVdgC
