Type Here to Get Search Results !

लुम्बिनी कप महिला भलिबल – बाग्मती र एपिएफ फाइनलमा भिड्ने

सुमन अधिकारी, बुटवल

पाल्पाको रामपुरमा जारी प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता– २०८० को उपाधिका लागि फाइनलमा नेपाल‌ एपिएफ र बागमति प्रदेश भिड्ने भएका छन् ।

प्रतियोगिता अन्तरगत मंगलबार भएको पहिलो सेमिफाइनलमा एपिएफले कोशी प्रदेशलाई तथा दोस्रो सेमिफाइनलमा बागमतीले लुम्बिनी प्रदेशलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन् ।

पहिलो सेमिफाइनलमा एपिएले कोशी प्रदेशलाई २५–६, २५–७, २५–३ ले सहजै पराजित गरेको थियो । खेलमा एपिएफकी सरस्वती चौधरी प्लेयर अफ द म्याच भइन् । यसैगरि दोस्रो सेमीफाइनलमा बागमतीले लुम्बिनीलाई २५–१५, २५–८, २५–१८ ले पराजित गरेको हो  । खेलमा बागमतीकि सुमित्रा रेग्मी प्लेयर अफ द म्याच भइन् ।

पाल्पा जिल्ला भलिबल संघको आयोजना, प्रदेश खेलकुद परिषद लुम्बिनी मुख्य प्रबद्र्धन प्रायोजक तथा नेपाल भलिबल महासंघको संयोजनमा शुक्रवारबाट प्रतियोगिता– २०८० सुरु भएको हो ।

प्रतियोगिताको फाइनलमा विजेताले २ लाख ५० हजार दोस्रोले १ लाख ५० हजार , तेस्रो ७५ हजार र चौथो हुने टोलीले ३५ हजार रुपैयाँ प्राप्त गर्ने छ ।

The post लुम्बिनी कप महिला भलिबल – बाग्मती र एपिएफ फाइनलमा भिड्ने first appeared on हाम्रो खेलकुद.



from हाम्रो खेलकुद https://ift.tt/FBgqfX0

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today