Type Here to Get Search Results !

शक्तिमानमा रणवीरको काष्टिङको ओरिजिनल शक्तिमानले गरे विरोध

 


भारतका पहिलो सुपरहिरो भनेर चिनिन्छन् 'शक्तिमान' । दूरदर्शनमा लामो समयसम्म चलेको धारावाहिक ‘शक्तिमान’मा अभिनेता मुकेश खन्ना शक्तिमानको भूमिका निभाएर चर्चित बनेका थिए । शक्तिमानबारे एउटा फिल्म बन्न लागेको छ । यो फिल्ममा शक्तिमानको रुपमा रणवीर सिंहलाई खेलाइने खबरहरू आइरहेका छन् । यस्तोमा ओरिजिनल शक्तिमानले यसको विरोध गरेका छन् ।  ‘रणवीर सिंह स्टार पावर भए पनि उनी कहिल्यै शक्तिमान बन्न सक्दैनन्,’ मुकेश खन्नाले भनेका छन् । रणवीरको नग्न फोटोशुटलाई केटाकेटीपन भन्दै मुकेशले शक्तिमानको भूमिकामा उनी फिट नहुने बताएका छन् । केही वर्ष अघि रणवीरले न्यूड फोटोशूट गराएका थिए । उनको न्यूड तस्वीर सामाजिक सञ्जालमा निकै भाइरल हुनुका साथै विवादित बनेको थियो । ‘सलमान खानले आफ्नो शर्ट फुकाले भने मानिसहरू सिट्टी बजाउँछन्, मैले प्यान्ट खोलिदिँदा मानिसहरूलाई समस्या किन ?’ आफ्नो न्यूड फोटो ट्रोल भएपछि रणवीरले उल्टै प्रश्न गरेका थिए ।मुकेश खन्नाले आफ्नो युट्युब भिडियोमा यही कुरा उल्लेख गर्दै जवाफ दिएका छन् । उनले भने, ‘हामीलाई यस कुरामा पक्कै पनि समस्या छ ।’ मुकेशले यो भिडियो युट्युबबाट डिलिट गरिदिएका छन् । आफ्नो जीउ देखाउन चाहेको हो भने फिनल्यान्ड र स्पेन जस्ता अन्य देशमा जान उनले रणबीरलाई सुझाव दिएका छन् । ती देशहरुमा हरेक तेस्रो दृश्यमा एउटा न्यूड सिन गर्न पाइने जवाफ उनले दिएका थिए ।                                                                                                 मर्यादामा बस्न सल्लाह                          मुकेश खन्नाले रणवीरलाई मर्यादामा बस्न सल्लाह दिएका छन् । ‘हामीहरूलाई यस्ता चिज हेर्ने बानी छैन । तिमी आफ्नो मर्यादामा बस्नु पर्छ,’ मुकेशको भनाइ थियो । रणवीरको न्यूड फोटोसुटलाई केही अभिनेत्रीहरूले भने समर्थन गरेका थिए । । त्यसमा पनि मुकेशले आक्रोश पोखेका थिए । 

अभिनय सिक्स प्याक एब्सले नभएर अनुहारले गर्ने उनको भनाइ थियो । शक्तिमानको सुटिङ सन् २०२५ को मेमा सुरु हुने बताइएको छ । यसमा रणवीरको मुख्य भूमिकामा रहने बताइएको छ । यो फिल्मको निर्देशक बासिल जोसेफले निर्देशन गर्नेछन् ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today