Type Here to Get Search Results !

माओवादी बैठकभित्र महराको निलम्बन माग, पदाधिकारीले मानेनन्

  


सुन तस्करीमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका  उपाध्यक्ष कृष्णबहादुर महरालाई पार्टीको जिम्मेवारीबाट अलग गर्नुपर्ने माग उठेको छ। अनुसन्धान चलिरहेकाले सफाइ नपाएसम्म उनलाई निलम्बन गर्नुपर्ने माग पार्टी भित्रै उठेको हो।

पदाधिकारी बैठकमा उपाध्यक्ष महराको विषयमा छलफल भएको र कुरा उठेको एक नेताले बताए। तर प्रवक्ता अग्नी सापकोटाले भने  छलफल जारी रहेकाले ठोस निर्णय हुन बाँकी रहेको बताए। 

सोमबार सुन तस्करी प्रकरणमा पूर्वसभामुख समेत रहेका महरा पक्राउ परेपछि यस विषयमा मंगलबारको बैठकमा विविध कोणबाट बैठकमा छलफल भएको उनको दाबी छ।

‘उपाध्यक्ष महराको बारेमा धेरै राम्रोसँग छलफल भइरहेको छ। हरेक पाटाबारे गम्भीरतापूर्वक छलफल भइरहेको छ,’ उनले भने, ‘बैठकले कुनै निष्कर्ष भने निकालेको छैन।’

आज प्रधानमन्त्री प्रचण्ड संसद्‌मा प्रश्नोत्तर कार्यक्रममा सहभागी हुनुपर्ने भएकाले विस्तृतमा छलफल हुन नपाएको भन्दै सापकोटाले अर्को बैठकले यसबारे निर्णय लिने बताए। बैठकमा महरालाई जिम्मेवारीविहीन बनाउने या कसरी जाने भन्नेबारे छलफल भने भएको थियो।

केही नेताले तत्काल निलम्बन गरेर अघि बढ्नुपर्ने धारणा राखेका थिए भने केहीले भने अदालतको निर्णय पर्खिनुपर्ने धारणा राखेका थिए।

Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today