Type Here to Get Search Results !

सर्लाहीमा साइकल यात्रीलाई ठक्कर दिने बसमा आगजनी

 


सर्लाहीमा साईकल यात्रीलाई ठक्कर दिने बसमा स्थानीयले जलाएका छन् ।

साईकल यात्री कविलासी नगरपालिका १० सलेमपुरमा स्थानीय जुगल महतो गम्भीर घाइते भएपछि ठक्कर दिने बसलाई स्थानीयले जलाएको हो ।नवलपुर मलंगवा सडक खण्ड अन्तर्गत मलंगवा तर्फ जाँदै गरेको ग २ ख १४४० नम्बरको बसले आज बिहान साढे १० बजे उनलाई ठक्कर दिएको हो । घटना लगतै स्थानीयले बसमा आगजानी गरेको प्रहरीले जनाएको छ । बसमा पूर्णरुपले क्षति पुगेको छ ।

महतोको उपचार प्रादेशिक अस्पताल मलंगवामा भइरहेको छ । घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today