Type Here to Get Search Results !

किशोरी बलात्कार आरोपमा किशोर पक्राउ

 


सिरहा- सिरहा प्रहरीले किशोरी बलात्कार गरेको अरोपमा एक किशोरलाई नियन्त्रणमा लिएको छ।

सुखिपुर नगरपालिका २ का मणिराम यादवको छोरा १८ वर्षिय निकेश कुमार यादवले ती किशोरीलाई ललाई फकाई करणी गरेको आरोपमा विहिवार विहान घरबाटै पक्राउ गरेको हो।

निकेशले किशोरीलाई लहान १ स्थित अरुणकुमार यादवको डेरामा लगि बुधबार अपरान्ह ललाफई फकाई जवरजस्ती गरणी गरेको र सोही कारण आफू बिरामी भएको आफन्तलाई जाकारी गराउनासाथ प्रहरीलाई उजुरी गरेका थिए।

प्रहरीले उजुरीको आधारमा विहिवार विहान निकेशलाई घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

किशोरीको उपचार विराटनगरमा भईरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भईरहेको जनाएको छ।

तत्काल एकजनामात्र पक्राउ परेको भएपनि उनीमाथि सामुहिक बलात्कार भएको बताइएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today