Type Here to Get Search Results !

कपिलवस्तु बस दुर्घटना : मृतक सबै १० जनाको सनाखत

 कपिलवस्तुको शिवराज नगरपालिकामा भएको बस दुर्घटनामा मृत्यु भएका सबै १० जनाको सनाखत भएको छ ।

मृतकमध्ये ७ पुरुष र ३ महिला छन् ।


रौतहटका ४६ वर्षीय नारायण बहादुर भण्डारी, कालिजंग गण गोरुसिंगेमा कार्यरत अर्जुनकुमार योगी, भारत उत्तर प्रदेशका सकिल मुसलमान, कन्चनपुरका २७ वर्षीय राहुलराम कामी, कन्चनपुरका २४ वर्षीय उमेश भण्डारीको मृत्यु भएको छ ।
त्यस्तै, भीमदत्त नगरपालिका–१६ कन्चनपुरकी सन्जु थापा, भीमदत्तकै बाह्रकुण्डकी खगेश्वरी खाती, कन्चनपुर पुनर्वाससकी विमलादेवी भट्ट, भीमदत्त–२ का सुदीप भट्ट र भीमदत्त–९ का बिसनदत्त भट्टको मृत्यु भएको कपिलवस्तुका प्रहरी नायव उपरीक्षक हरि वलीले जानकारी दिए ।
३० घाइतेमध्ये ९ जनालाई बुटवल ल्याइएको छ भने अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
बुटवल रेफर हुनेमा नेपाली सेनामा कार्यरत लोकबहादुर कार्की, बसका चालक कञ्चनपुरका पूर्णबहादुर चन्द, सोही बसका सहचालक कञ्चनपुरकै केशव हमाल, कैलाली बेलडागीका २४ वर्षीय महेश सुनार, राप्ती सोनारी –२ बाँकेका २३ वर्षीय सुशिल कुँवर, गुल्मी मालिका – ७ का २९ वर्षीय अर्जुन कार्की, भीमदत्त नगरपालिका कञ्चपुरका सन्तोष चौधरी, बैतडीका २२ वर्षीय राजेश दयाल र मितेस सुनार छन्।
अन्यको स्थानीय अस्तालमा उपचार भइरहेको छ ।

Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today